आजदेखि आन्तरिक हवाई उडान खुल्यो

 असार १७, २०७८

काठमाडौं ।

निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान पुनः आजदेखि शुरु भएको छ। नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उडान भर्ने मध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान हुने क्षेत्रीले जानकारी दिए ।

कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणलाई सरकारले निर्देशन दिएको थियो ।

तपाईंको प्रतिक्रिया