सामाजिक कोषप्रति बैंक तथा बित्तीय सस्थाका कर्मचारीको बिरोध

 असार २१, २०७८

हापुरे ।

सरकारले अघि सारेको सामाजिक सुरक्षा कोषप्रति बैंक तथा बित्तीय सस्थाका कर्मचारीले असहमति जनाएका छन् । सरकारले सही नीति ल्याएको भए पनि त्यसभित्र रहेका केही बुदाहरु गलत रहेको भन्दै असहमति जनाएका हुन् । सरकारले कर्मचारीहरुको तलबको ३० प्रतिशत सामाजिक सुरक्षा भत्ता काट्ने नीति लिएको भए पनि ६० बर्ष पुग्नै पर्ने प्रावधान गलत रहेको उनीहरुको भनाई छ ।

सामाजिक सुरक्षा कोषले कर्मचारीको तलब आधा बुझ्ने र ६० बर्ष नपुग्ने मृत्यु तथा पेशा छोड्ने अबस्था सुबिधा लिन नपाउने भएकाले गलत रहेको बैंक तथा बित्तीय सस्थाका कर्मचारीहरुको भनाई छ । यसैबीच हापुरेमा रहेको कुमारी बैंकका कर्मचारी समेत यसको बिरोध गरेका छन् । शाखा प्रमुख निर्मल पौडेलको नेतृत्वमा कालो ब्यानर राखेर बिरोध गरेका हुन् । सरकारले ल्याएको नीति सच्याउन माग गर्दै कुमारी बैंकका सम्पूर्ण कर्मचारीले बिरोध गरेका हुन् ।

साथै कर्मचारीको तलबबाट सामाजिक सुरक्षा कोषमा कम प्रतिशत तलब काट्न र ६० बर्षको उमेर हद नराख्न समेत उनीहरुले माग गरेका छन् ।

तपाईंको प्रतिक्रिया