पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

 असार २२, २०७८

पेरुमाथि संघर्षपूर्ण १–० को जितसहित साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । रियोको राष्ट्रिय रंगशालामा घरेलु टोलीको जितमा लुकास पाकेस्टाको गोल निर्णायक रह्यो । खेलको ३५ औं मिनेटमा नेइमारको ब्याकपासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका पाकेस्टाले शानदार गोल गरे ।

दोस्रो हाफमा पेरुले खेलमा फर्कने प्रयास गरेको थियो । समूह चरणको खेलमा ४–० ले हारेको पेरुले सेमिफाइनलमा पुगे बलियो चुनौति पेस गरेको थियो । खासगरी दोस्रो हाफमा उसले अधिकांश समय बल नियन्त्रणमा लिए पनि गोल गर्न सकेन ।

जुलाई १० मा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग खेल्नेछ । दोस्रो सेमिफाइनल भोलि विहान हुनेछ । ब्राजिल अघिल्लो संस्करणको विजेता टोली हो ।

तपाईंको प्रतिक्रिया