शारदा नगरपालीकाका विद्यालयलाई ल्याप्टप

 असार २३, २०७८

तुलसीपुर ।

सल्यान शारदा नगरपालिकाले नगर भित्रका बिद्यालयलाई ल्याप्टप वितरण गरेको छ । बुधबार एक कार्यक्रमका विच नगरभित्र रहेका २१ वटा बिद्यालयहरुलाई ल्याप्टप वितरण गरेको हो । बैकल्पक माध्यमबाट पठनपाठन कार्यलाई सहजता प्रदान गर्न र बिद्यालयलाई प्रविधिमैत्री बनाउनको लागि एक बिद्यालय एक ल्याप्टप वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा रहेका निमाबि तह सञ्चालन भएका सबै बिद्यालय र निमावि सञ्चालन नभएका वडाका प्राबि तहका बिद्यालयमा बिद्यार्थी भर्ना संख्याको आधारमा ल्याप्टप वितरण गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताउनुभएको छ ।

तपाईंको प्रतिक्रिया