युराेकपकाे फाइनलमा इंग्ल्यान्ड र इटाली भिड्ने

 असार २४, २०७८

तुलसीपुर । डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोपेली च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि कप्तान ह्यारी केनले अतिरिक्त समयमा विजयी गोल गर्दै इंग्ल्यान्डलाई उपाधिनजिक पुर्याएका हुन् ।

खेलको पहिलो हाफमा इंग्ल्यान्डले बलियो सुरुवात गरेपनि अग्रता भने डेनमार्कले लिएको थियो । फ्रिकिकमा मिकेल डाम्सगार्डको सुन्दर गोलमा अघि बढेको डेनमार्कको अग्रता ९ मिनेट टिकेन । इंग्ल्यान्डले पहिलो हाफमा नै खेल बराबर गरेको थियो ।

दोस्रो हाफमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको पहिलो हाफमा इंग्ल्यान्डले पेनाल्टी प्राप्त गरेपछि कप्तान केनले उक्त अवसरको सदुपयोग गरेका थिए । उनको पहिलो प्रहार गोलरक्षकले विफल पारेपनि रिबाउन्डमा गोल गर्न सफल रहेका थिए । अब आइतबार हुने फाइनलमा इंग्ल्यान्डले इटालीको सामना गर्नेछ ।

तपाईंको प्रतिक्रिया