तुलसीपुरमा घरनक्सा पासबाट एक करोड ४४ लाख राजश्व संकलन

 साउन ०१, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले वितेको आर्थिक वर्ष ०७७/०७८ मा घरनक्सा पासबाट मात्रै झन्डै डेढ करोड राजस्व संकलन गरेको जनाएको छ । उपमहानगरपालिकाको सुचना शाखाले दिएको जानकारी अनुसार घरनक्साबाट एक करोड ४४ लाख, ८१ हजार ९ सय ८२ रुपैया राजस्व संकलन भएको छ ।

जसमा २०९ वटा नयाँघर निर्माण दर्ता, १६७ डिपिसी अनुमति, १६८ वटा सुपर स्टक्चर अनुमति, १७८ निर्माण सम्पन्न प्रमाणपत्र र २८६ अभिलेखीकरण प्रमाणपत्र लिएकाबाट उक्त राजस्व संकलन भएको सुचना शाखाले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिक्रिया