१ लाख २२ हजार सहित दाङमा १० जुवाडे पक्राउ

 साउन ०२, २०७८

तुलसीपुर । दाङमा १० जुवाडे पक्राउ परेका छन । शुक्रबार अपरान्ह साढे ४ बजेतिर घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुमरगाउँ स्थित गन बहादुर घर्तीको घरमा जुवा खेलिरहेको अबस्थामा एक लाख २२ हजार पाँच सय १० रुपैँया सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका वडा नं.१३ निवासी ५२ बर्षीय कमान पुन, सोही ठाउँका ४२ बर्षीय लोक बहादुर घर्ती, ४५ बर्षीय प्रेम पुन, ४२ बर्षीय आईत बहादुर घर्ती, ३४ बर्षीय ज्ञान सिंह बुढा, ६८ बर्षीय गण बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै घोराही १५ का २२ बर्षीय निमबहादुर रोका, सोही ठाउँका ३३ बर्षीय ढोका घर्ती, घोराही १४ का २६ बर्षीय त्रिपन बुढा, घोराही १२ का ४० बर्षीय तेजलाल पुनलाई पनि पक्राउ परेका छन । उनीहरुको साथबाट ६ गड्डी तास समेत बरामद गरिएको छ ।

तपाईंको प्रतिक्रिया