राजीनामा बुझाएर बाहिरिए रावल

 साउन ०३, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गरेका नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले राजीनामा बुझाएका छन् । संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गरेका थिए । 

तपाईंको प्रतिक्रिया