दंगीशरणमा ग्रीन फाउन्डेसनद्धारा वृक्षारोपण

 साउन ०३, २०७८

तुलसीपुर ।

पश्चिम दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ३ एकलीको ववई दोभान चीराघाट सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । वन समुहका अध्यक्ष होमराज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य धमकली चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले रोपिएका विरुवाको संरक्षणमा चासो दिनुपर्ने बतानुभएको थियो ।

ग्रीन फाउन्डेसन नेपालको आयोजना तथा दंगिशरण गाउपालिका, जिल्ला युवा समिति दाङको समन्वयमा भएको बृक्षारोपक कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी , ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका सचिव सुरेश कुमार रावत, ग्रीन फाउन्डेसन नेपाल दंगीशरणका संयोजक एम एन शाह , गायक तथा संगितकार गोविन्द मधुर आचार्य , नेकपा एमाले दंगीशरण गाउँपालिकाका अध्यक्ष भरत अधिकारी तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो ।

वनमा खयर, मसला , बुकाईनो ,सिसौ ,हर्रो र वर्रो गरि विभिन्न प्रजातिका करिब ५ सय ५० बिरुवा वृक्षारोपण गरिएको थियो । सो कार्यक्रमको सञ्चालन स्थानीय परियोजना संयोजक दिपक परियारले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया