रेडपाण्डाको छाला सहित एक जना पक्राउ

 साउन ०४, २०७८

तुलसीपुर ।

दाङमा रेडपाण्डाको छाला सहित सल्यानका एक जना पक्राउ परेका छन् । प्रतिबन्धित वन्यजन्तु (रेडपाण्डा)को छाला सहित सल्यान छत्रेश्वरी गाउँपालिका १ दमाचौर बस्ने ३२ बर्षिय लोकमान सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।

रेडपाण्डाको छाला कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सोमवार दिउँसो घोराही उपमहानगरपालिका ११ खैराबाट सुनारलाई छाला सहित पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिनुभयो । उहाका अनुसार रेडपाण्डाको पुच्छर देखी टाउको सम्म तिन फिट तिन ईन्च लम्वाई र ८ ईन्च चौडाई भएको नङग्रा सहित पक्राउ गरिएको हो ।

साथै प्रहरीले उनी सवार रा ४ प ९८५० नम्वरको मोटरसाईकल र एउटा मोवाईल सेट बरामद गरेको छ । पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया