दाङमा थपिए ३३ संक्रमित, एक जनाको मृत्यु

 साउन ०६, २०७८

दाङ दाङमा आज थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनाको पिसिआर परिक्षण गर्दा १८ पुरुष र १५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा घोराहीका २०, लमहीका ४, तुलसीपुरका ३, राप्ती र शान्तिनगरका २÷२ तथा बबई र राजपुरका एक एक जनामा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यो सँगै दाङमा सकृय बिरामीको संख्या १ सय २ पुगेको छ । ति संक्रमित मध्य ८३ जना घरमा, ११ जना अक्सिजन सहितको उपचारमा र ८ जना आईसियूमा रहेका छन् । यसैबिच आज २६ जना कोरोना मुक्त भएका छन् । घोराहीका १७, लमहीका ३, तुलसीपुर र गढवाका २/२ तथा राप्ती र राजपुरका एक/ एक जना कोरोना मुक्त भएका हुन् । यसैबिच आज दाङमा एक जना कोरोना संक्रमितको मृत्युभएको छ ।

घोराही उपमहानगरपालिका१४ का ४२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा ति पुरुषको गएराती मृत्यु भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यो सँगै बैशाख यता दाङमा २ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बैशाख यता दाङमा ८ हजार ३ सय १२ जनामा कोरोना पुष्टि भएको छ भने८ हजार ४ जना निको भएका छन् ।।

तपाईंको प्रतिक्रिया