हेमराज हत्याकाण्डको ११ बर्ष अनुसन्धानमै सीमीत

 साउन ०६, २०७८

तुलसीपुर । संचार उद्यमी देवीप्रसाद धिताल (हेमराज)को हत्या भएको ११ वर्ष पुरा भएको छ । रेडियो तुलसीपुर एफएम संचालक समितिका तत्कालिन अध्यक्ष समेत रहनु भएका धितालको २०६७ साल साउन ६ गते आजकै दिन अज्ञात समुहले गोली हानी हत्या गरेका थिए । अज्ञात समुहले तत्कालिन उरहरी गाविसको जसपुर हेमनगरमा उहाको साँझ पख गोली हानेर हत्या गरेका थिए ।

यातायात व्यवसायी समेत हुनु भएका स्वर्गिय धितालको प्रत्येक वर्ष स्मृति कार्यक्रमको आयोजना गरिन्छ । देवीप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानले ११ वर्ष पुरा भएको अवसरमा श्रद्धान्जली सभा कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानले विगत देखी नै उहाको सम्झना गर्दै आएको छ ।

तत्कालिन राप्ती सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष समेत हुनु भएका स्वर्गिय धितालको शालिकमा माल्यार्पण गरिएको छ । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको परिसरमा रहेको धितालको शालिकमा माल्यार्पण तथा श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको छ । यद्यपी बर्षेनि स्मृती दिवशमा कार्यक्रम भैरहदा हत्याको बास्तवीकता अझै पत्ता लाग्न सकेको छैन । धितालको परीवारले एक दशक वित्दा पनि हत्यारा पत्ता नलागेको भन्दै घटना अनुसन्धानमै सीमीत भएकोमा दुखेसो पाखेका छन ।

प्रशासन बाट सधै अनुसन्धान भैरहेको छ भन्ने जवाफ आउछ, पिडित परीवारले भन्यो । पिडा सहेर बसेको बर्षौ वितेपनि घटना अझै रहस्यमय हुदा झनै पिडा बोध भैरहेको परीवारको भनाई छ ।

तपाईंको प्रतिक्रिया