दलित समुदायको प्रतिनिधित्व गराउन माग

 साउन ०६, २०७८

तुलसीपुर । दलित अधिकारकर्मीले मन्त्रीपरिषद् विस्तार गर्दा १४ प्रतिशत दलित समुदायको प्रतिनिधित्व गराउँन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । उनीहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी राज्य संरचनाको सबै अङ्ग संरचना र निकायमा समानुपातिक सहभागितासहित मन्त्रीपरिषदमा प्रतिशतको आधारमा समुदायको प्रतिनिधित्व गराउँन माँग गदै सात बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।

तपाईंको प्रतिक्रिया