ओलम्पिकको औपचारिक उद्घाटन

 साउन ०८, २०७८

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट जापानमा सुरु हुँदैछ । राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच ‘टोकियो ओलम्पिक’ औपचारिक रुपमा सुरु हुनेछ । केहि खेलको प्रतिस्पर्धा भने बुधबारबाट सुरु भइसकेको छ । ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रमहरु हुनेछन् ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्सीय टोली टोकियो पुगिसकेका छन् । टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन्। नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् । टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले चुनौती पेश गर्नेछन् ।

तपाईंको प्रतिक्रिया