अपाङ्गता भएका ब्यक्तिलाई सहायक सामग्री

 साउन ०९, २०७८

शुसिला बुढा मगर,प्युठान । मल्लरानी गाउँपालिका भित्रका सहायक सामग्री आवस्यक भएका अपाङ्गता भएका ब्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ । वाडा नम्बर ४ का अपाङ्गता भएका ब्यक्तिलाई गाउँपालिकामा एक कार्यक्रमका विच सामग्री वितरण गरिएको हो ।गाउँपालिकाका सबै वडाका अपाङ्गता भएका ब्यक्तिको माग र आवस्यकताको आधारमा सामग्री खरिद गरि वितरण गर्न लागिएको राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानले जनाएको छ ।

मल्लरानी गाउँपालिकाको आर्थिक बर्ष ०७७र०७८ को वार्षिक कार्यक्रम अन्तरगत अपाङ्गता भएका ब्यक्तिलाई सामाग्री वितरण गरिएको महिला बालबालिका शाखा प्रमुख रेवती न्यौपानेले बताउनु भयो । वडा नम्बर १,२,३र ५ का ब्यक्तिहरुलाई वडा स्तरीय अपाङ्ग संजाल र वडा कार्यालयको समन्वयमा वडा मार्फत सामग्री वितरण गरिने संघले जनाएको छ ।

सामग्री वितरण कार्यक्रममा मल्लरानी गाउँपालिका उपाध्यक्ष सरिता जिसिले सहायक सामग्रीले अपाङ्गता भएका ब्यक्तिको दैनिक क्रियाकलाप तथा आवगमनमा सहज हुने भन्दै सहि सदुपयोग गर्न आग्रह गर्नु भएको छ । मल्लरानी गाउँपालिकाका ४३ जना अपाङ्गता भएका ब्यक्तिले सामग्री पाउने भएका छ्न । मल्लरानी गाउँपालिकाको आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा सामग्री वितरण गरिएको हो ।

तपाईंको प्रतिक्रिया