लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्न थाले

 साउन ०९, २०७८

तुलसीपुर । आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन चल्न थालेका छन् । विद्यार्थीहरूको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राको लागि सहजीकरण गर्न गाडी चल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात चल्न दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध छ ।

तपाईंको प्रतिक्रिया