टोकियो ओलम्पिक : चीनको अग्रता कायमै

 साउन ११, २०७८

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक जापानको टोकियोमा जारी छ । जारी ओलम्पिकमा आइतबारसम्म कुल ३० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा १६ राष्ट्रले स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकको तेस्रो दिन कुल ४० राष्ट्रले पदक जित्दा पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ । चीनले आइतबारसम्म ६ स्वर्णसहित कुल ११ पदक जितेको छ । यस्तै आयोजक जापान ५ स्वर्णसहित कुल ६ स्वर्ण जितेर दोस्रो स्थानमा रहेको छ ।

तपाईंको प्रतिक्रिया