ग्राफिक मार्गले ल्यायो अफरै अफर

 साउन १२, २०७८

भरतपुर । भरतपुर ११ मा मुख्य कार्यालय रहि कम्पनी दर्ता सम्वन्धी काम गर्दै आएको ग्राफिक मार्ग प्रालीले विभिन्न फेष्टिवल अफर ल्याएको छ । प्रालिले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि अफरको बारेमा जानकारी गराएको छ । नेपालका जुनसुकै ठाउँका कम्पनीहरु नयाँ दर्ता, नविकरण, शेयर खरिद बिक्री, पुँजी बृद्धि, नामसारी, ठाउँसारी देखि खारेजी सम्मका सम्पूर्ण कामहरु गर्दै आएको प्रालीको यो अफर कार्तिक ९ गते सम्मको लागि लागु हुने प्रवन्ध निर्देशक जनक खड्काले जानकारी दिनुभएको छ ।

अफर अन्तर्गत अब कार्तिक ९ गते सम्म दर्ता हुने कम्पनीहरुको सेवा शुल्क ७ हजार ९ सय ९९ मात्र लाग्ने र यो अबधि भित्र दर्ता भएका कम्पनीहरु मध्येबाट गोलाप्रथाद्वारा प्रथम, द्वितीय र तृतीय गरि ३ प्रकारका उपहार प्रदान गरिने निर्देशक खड्काले जानकारी दिनुभयो । प्रथम उपहार अन्र्तगत कम्पनी दर्ता गर्दा लागेको सेवा शुल्क फिर्ता गरिने, दोस्रो उपहार ३ महिने विवरण पेश गर्दा लागेकोे रकम फिर्ता गरिने वा ३ महिने विवरण पेश गर्दा लाग्ने रकम निशुल्क हुने र तेस्रो उपहार आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने बताउनु भयो ।

यो उपहार योजनाको गोलाप्रथा २०७८ कार्तिक १२ गते सार्वजनिक कार्यक्रम गरि खोलिने उहाको भनाई छ । प्रालिलाई नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले नेपालका जुनसुकै ठाउँका कम्पनीहरु दर्ता गर्ने देखि खारेजी गर्ने सम्मका सम्पूर्ण कामहरु गर्नको लागि आधिकारिक सेवा केन्द्रको अनुमती पत्र (लाईसेन्स) प्रदान समेत गरेको छ ।

यसका साथै ग्राफिक मार्ग प्रालिको नेतृत्वमा ११ जना युवाहरु मिलेर ग्राफिक अफसेट प्रेस नामक छापाखाना समेत सञ्चालनमा रहेको जानकारी गराईएको थियो । प्रालीका संचालक सदस्य इन्द्र पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहायक व्यवस्थापक लक्ष्मि पोखरेलले गर्नु भएको थियो ।

प्रालीले २०७५ साल फागुन २७ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई २०७६ बैशाख ४ गतेबाट कम्पनी दर्ता सम्बन्धी कामहरु औपचारिक रुपमा सुरुवात गरेको हो ।

तपाईंको प्रतिक्रिया