ओपीसराको उपचारको लागी आर्थिक सहयोग

 साउन १३, २०७८


तुलसीपुर । शरीरमा सेतो रगतको कमि भई विरामी हुनुभएकि तुलसीपुर उपमहानगरपालिका ६ गाईडर निवासी १३ वर्षीय बालिका ओपीसरा नेपालीको उपचारमा समस्या भएको छ । उनको उपचारको क्रममा आर्थिक अवस्था नाजुक हुदा समस्या भएको उनको परीवारले बताएको छ । यो रोगबाट पिडित छोरीको उपचारको लागी समस्या भएको उनकी आमाले बताएकी छिन । सेतो रगत (platelets) रोग बाट पीडित बालिकाको कान्तिबाल अस्पताल काठमाण्डौंमा उपचार भैरहेको छ ।

यसैविच, दाङ देउखुरी सेवा समाजले २५ हजार रुपैया सहयोग गरेको छ । सो संस्थाका अध्यक्ष लीलामणि लामिछानेले पिडित बालिकाको आमालाई उक्त रकम हस्तान्तरण गर्नुभएको दलित अधिकारकर्मि नारायण परियारले जानकारी दिनुभएको छ । आर्थिक सहयोग उपलब्ध गराउनको लागी दाङ देउखुरी सेवा समाजमा आवद्ध रहि हाल कतारमा कार्यरत छबिलाल परियारले सहजीकरण गर्नुभएको थियो । यस अघि पिडित बालिकाको परिवारलाई युथ टु लिड संस्थाले खाद्यान्न सहयोग गरेको थियो । यसका साथै पिडित बालिकाको परिवारले सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।।

तपाईंको प्रतिक्रिया