प्रधानमन्त्री रोजगार कार्यक्रमको समिक्षा

 साउन १६, २०७८

तिर्थराज ज्ञवाली , सिसहनीया । राप्ती गाउँपालिका वडा नं ७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिएको छ । राप्ती गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ५ गाउँका प्रतिनिधि मुलक सहभागीतामा समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा केन्द्रित समूह, सामाजिक अभियन्ता, गैर सरकारी संस्था, युवा लगायतका सहभागीका लागि साझा प्रश्नहरु राखेर समीक्षा गरिएको हो ।

स्वान संस्थाका सहजकर्ता राममोति चौधरीले सहजीकरण गर्नुभएको समीक्षा कार्यक्रममा वडा अध्यक्ष विद्याशरण चौधरीले वडा नं ७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका बारेमा जानकारी गर्दै बेरोजगारहरुको संख्या अत्यधिक रहेको तर सोचे अनुसार रोजगार दिन कठिन रहेको बताउनु भएको छ ।

वडा अध्यक्ष विद्याशरण चौधरील पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रमको गलत ब्यख्या गरिएको हुदा कामको सदुपयोग गर्न नसकिएको सहभागीहरुले विचार ब्यक्त गर्नु भएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको केन्द्रित समुह छलफल मार्फत व्यक्तिगत जानकारी, व्यक्तिगत जानकारी लिईएको थियो ।

तपाईंको प्रतिक्रिया