तुलसीपुर खानेपानीका अध्यक्ष वलीले दिए राजिनामा

 भदौ ०६, २०७८


तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष खेमराज वलीले पदबाट राजिनामा दिनुभएको छ । आज कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिनुभएको घोषणा गर्नु भएको हो । विगत एक वर्ष देखी कार्यसमितीबाट नै काम गर्ने बातावरण नभएको र आफनो चरित्र हत्या गर्न खोजीएको आरोप लगाउदै राजीनामाको घोषणा गर्नुभएको हो ।

कार्यअवधी सकिएपनि काम चलाउको रुपमा काम गर्ने बातावरण नहुनु, कार्यसमिति भित्रबाटै आफुलाई सिध्याउने षड्यन्त हुनु, भ्रष्टाचारको बिल्ला लगाउन खोज्नु , संस्थाको तहसनहस र लथालिङग बनाउन खोज्नु, उपभोक्ताहरुको हक र अधिकारलाई बेवास्ता गर्दै अराजक तत्वहरुको कारण आफु अध्यक्ष पदमा बसीरहन उचित नभएकाले नैतिकताको आधारमा राजीनामा दिएको पत्रकार सम्मेलनमा घोषणा गर्नु भएको हो ।

मिति २०६५ सालमा सर्वसम्मत हुदै अरु ३ पटक निर्वाचित भएर काम गर्नुभएको थियो । २०७४ सालमा भएको नवौँ अधिबेशनबाट वली नेतृत्वको कार्यसमितिको पदावधी सकिएको १७ महिना पुगेको छ ।

तपाईंको प्रतिक्रिया