माडीचौरको वेलीबृजको स्थानान्तरण प्रक्रिया शुरु

 भदौ १०, २०७८

बुद्धिमान वली, रोल्पा । असार मसान्त अगावै स्थानान्तरण हुने भनिएको माडीचौरको वेलीबृजको स्थानान्तरण प्रक्रिया शुरु भएको छ । माडी गाउँपालिकाको पहल र प्रयासमा प्रयोगविहीन अवस्थामा रहेको माडीचौरमा रहेको वेलीबृज माडी गाउँपालिकाको मौलावाङमा स्थानान्तरण हुने भएको थियो । लामो समयको प्रयासले माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनमगर,५ नम्बर वडा अध्यक्ष भरत बहादुर बुढामगरलगाएतको प्रत्यक्ष सक्रियतामा प्रदेश सांसद दिपेन्द्र कुमार पुनसहितको टोली भौतिक पुर्वाधार मन्त्रालय पुगेर स्थानान्तरण गर्न अनुमति लिएर काम शुरु गर्ने क्रममा नै वर्षात शुरु भएकाले केही समय ढिला भएर आजबाट कामको शुरूवात भएको छ ।

माडी गाउँपालिकाको केन्द्र घर्तिगाउ आउन ५ नम्बर वडा भावाङलाइ वर्षातमा माडी खोलाले छेक्ने भएकाले गाउँपालिका अध्यक्ष पुन र वडा अध्यक्ष बुढामगरको पटकपटकको प्रयासले उत्त वेलीवृज लिन मन्त्रालय हुँदै बिभागबाट अनुमति पाएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७७र७८ को बजेटबाट स्थानान्तरण तथा जग निर्माणको बजेट विनियोजन गरेको भएपनी वर्षात शुरु भएकाले काम रोकिएको थियो ।

अब वर्षात कम भएको र उत्त वेलीबृज निकाल्न केही समय लाग्ने भएकाले प्रक्रिया शुरु भएको छ । वेलीबृज निर्माण हुँदा ५ नम्बर वडा भावाङका स्थानीयलाई ब्राहमास नै गाउँपालिकाको केन्द्र आउजाउ गर्न तथा उत्पादनमुलक वस्तु निर्यात गर्न सहज हुने भएपछि स्थानीय खुशी देखिन्छन ।
आज लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुन,गाउँपालिका अध्यक्ष पुन,वडा अध्यक्ष बुढामगर,गाउँपालिकाका इन्जिनियर सुभास गौतमलगाएतको टोलीले स्थलगत अवलोकन गरेर कामको शुरूवातको अनुगमन गर्नुभएको छ ।

गाउँपालिकाले प्रत्येक वडामा वस पुग्नेगरी सडक निर्माण तथा चौडाको काम गरेको भएपनी भावाङ पुग्न माडीखोलाले छेक्ने समस्या अब समाधान हुनेमा स्थानीय आशावादी देखिएको गाउँपालिकाका प्रेस सल्लाहकार बुद्धिमान वलीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया