विष्णु माझीको ‘चरी जेलैमा’ ले बनायो रेकर्ड

 भदौ १४, २०७८

तुलसीपुर । चर्चित लोकदोहोरी गायिका विष्णु माझीको स्वरमा सजिएको ‘चरी जेलैमा’बोलको तीज गीत यतिबेला चर्चामा छ । जुन गितलाई अहिले दर्शक श्रोताहरुले निकै रुचाएका छन् । ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यो गीत बजारमा आएको हो । यो गितमा सुन्दरमणी अधिकारीको शब्द÷संगीत रहेको छ भने सपना म्युजिक इन्डष्ट्रिजको युट्युब मार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ ।

हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा अहिले तीज गीत सार्वजनिक भईरहेका छन् । पछिल्लो सयम गीतहरुमा तीजको मौलिकता गुमाएको गुनासो आईरहेको बेला यस गित भने मौलिकताले भरिएको छ । गाउँघरका शब्द अनि गाउ घरमा हुर्किएकी छोरीलाई शहरमा बस्ने संग विवाह गरिदिएपछिको भोगाई अर्थात विवाहित चेलिको वेदनालाई यस गीतमा प्रस्तुत गरिएको छ ।

गीतले यतिबेला टीकटकमा पनि निकै चर्चा बटुल्दै आएको छ । यो गितको भ्युज युटुवमा एक सातामा ९० लाख ७३ हजार बढि पुगेर नयाँ रेकर्ड कायम राखेको छ ।

भिडियो :

तपाईंको प्रतिक्रिया