बाढीले रेडियो मेलम्चीको भवन भत्कीयो

 साउन १७, २०७८

तुलसीपुर । गएरातिदेखि आएको बाढीले सिन्धुपाल्चोकको रेडियो मेलम्चीको भवन भत्काएको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गएराति १२ बजेर ४० मिनेटमा रेडियोको भवन भत्काएको जानकारी दिनुभयो । यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।

सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो भने सञ्चालन गरिएको थियो । अध्यक्ष भारतीका अनुसार रातिको बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । गएरातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

तपाईंको प्रतिक्रिया