सवारी चालक तथा सहचालकलाई खोप लगाईदै

 साउन १८, २०७८

तुलसीपुर । तुलसीपुर क्षेत्रमा आज सार्वजनिक सवारी साधनका चालक तथा सहचालकलाई कोरोना विरुद्धको जनसेन एण्ड जनसेन खोप लगाउन लागीएको छ । तुलसीपुर ९ अटोभिलेज नजिकै रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटिको कार्यालयमा खोप लगाईने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार विहान ११ बजेदेखी त्यहा यातायात मजदुरहरुलाई खोप लगाउने तयारी गरिएको छ । खोप लगाउनका लागी आफनो परिचय पत्र सहित उपस्थित हुन संगठनका जिल्ला अध्यक्ष केशव बहादुर भण्डारीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया