३ हजार १ सय २५ जनामा कोरोना संक्रमण

 साउन १८, २०७८

तुलसीपुर । गत २४ घन्टामा देशभर १३ हजार ८ सय ११ कोरोना परीक्षण गर्दै ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ६ लाख ९९ हजार ६ सय ४९ जना र ६२ हजार ७ सय ८३ जनामा एन्टीजेन विधिबाट कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार ९ सय २५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हाल देशभर ३१ हजार ६ सय २९ सक्रिय सङ्क्रमित रहेका छन् ।

तपाईंको प्रतिक्रिया