सरकारले एमालेसँगको रिस भूमिहीनमाथि पोख्यो: मुख्यमन्त्री पोखरेल

 साउन २०, २०७८

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु लाचारीपन भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीमाथि पोख्नु सरकारको लाचारी भएको टिप्पणी गरेका छन् । साथै, गल्ती सच्याई आयोगलाई पुनः सक्रिय बनाउन सरकारलाई दबाब सिर्जना गर्न समेत मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन् ।

‘एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीमाथि पोख्नु सरकारको लाचारी हो‚’ उनले लेखेका छन्‚ ‘गल्ती सच्याई आयोगलाई पुनः सक्रिय बनाउन सरकारलाई दबाब सिर्जना गरौं ।’ मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया