गौबध मुद्धामा फरार पक्राउ

 साउन २०, २०७८

तुलसीपुर । दाङमा गौबध गरेको मुद्धामा कैद सजाय तोकिएका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ जिल्ला अदालतबाट २०७७ साल माघ २० गते गौबध मुद्धामा एक बर्ष ६ महिना कैद सजाय तोकिएका घोराही ५ धर्नाका १९ बर्षिय बिमल बिटालुलाई प्रहरीले पक्राउ गरेको हो ।

गाई काटेर मासु खाएको मुद्धामा फरार रहेका विटालु सहितका केही व्यक्तिलाई अदालतले एक बर्ष ६ महिना कैद तोकेको थियो । तर घटना पछि फरार रहेका बिटालु घरमा आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेर आज अदालतमा बुझाएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया