नेपाल र भारतले बराबरी खेले

 भदौ १७, २०७८

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

नेपालले ३५ औं मिनेटमा अग्रता लिए पनि जोगाउन नसक्दा भारतमाथि जित हासिल गर्ने अवसर गुमायो । ३५ औं मिनेटमा नेपालका अञ्जन विष्टले गोल गरेका थिए । तर ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काए ।

तपाईंको प्रतिक्रिया