क्युवामा बालबालिकालाइ पनि लगाइयो कोरोना बिरुद्धको खोप

 भदौ १९, २०७८

काठमाडौं । क्युवामा बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोरोना भाइरसको महामारी बढ्दै गएकाले क्षती न्युनिकरणका लागि क्युवामा बालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको हो ।

क्युवाका स्वास्थ्य अधिकारीका अनुसार हिजोदेखि दुई वर्षदेखि १८ वर्ष सम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएको छ । बालबलिकासँगै शिक्षकलाई पनि खोप लगाएर विद्यालयको पठनपाठन भौतिथक उपस्थिति सहित सुरु गर्ने योजना क्युवा सरकारले बनाएको छ ।

तपाईंको प्रतिक्रिया