अमर माविमा गाईको सफल शल्यक्रिया

 भदौ २१, २०७८

तुलसीपुर । दाङको तुलसीपुरमा रहेको अमर माध्यमिक विद्यालयमा गाईको सफल शल्यक्रिया गरिएको छ । नेपालगञ्ज बजारमा पेटमा चोट लागेर घाईते अवस्थामा देखेपछि गाईको उपचारमा ब्यवसायी ललित जंग शाह जुट्नुभएको थियो । गाईको अवस्था देखेर उपचारको लागी बाकेमा भेटेरेनरी डाक्टर खोज्दा फेला नपरेपछि दाङ ल्याईएको थियो । गाईको सल्यक्रिया गरिएपनि फेरी घाउ बल्झिएपछि ब्यवसायी शाह पशु डाक्टरको खोजिमा हुनुहुन्थ्यो ।

त्यहि क्रममा अमर माध्यमिक विद्यालयमा अध्यापनरत डाक्टर विधान पोख्रेल र डाक्टर छवि अधिकारीको नेतृत्वमा त्यहा अध्ययनरत विद्यार्थीहरुको टोलीले शल्यक्रिया गरेको हो । ‘भदौ १३ शल्यक्रिया गरेका हौं, अहिले गाईको अवस्था सुधारोन्मुख छ’ डाक्टर पोख्रेलले भन्नुभयो । ‘गाईको पेटमा रहेको कपडा,प्लाष्टिक निकालेर फाल्यौं’ । विद्यालयमा उपलब्ध औजारबाट शल्यक्रिया गरिएको थियो । यसरी सफल शल्यक्रिया हुदा पशु विज्ञान विषयमा अध्ययनरत विद्यार्थीले समेत प्रयोगात्मक ज्ञान लिएको विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले बताउनुभएको छ ।

तपाईंको प्रतिक्रिया