बबई नदीमा डुबेर एक जनाकाे ज्यान गयाे
दाङ । दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ । राप्ती गाउँपालिका–८ पिपरी का १८ वर्षका आशिष चौधरीको नदिमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
चौधरी दङ्गीशरणमा रहेको साथीको घरमा गएका थिए । साथीसँग नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेको प्रहरीले जनाएको छ।
तपाईंको प्रतिक्रिया