बाघको आक्रमणबाट एक जनाको मृत्यु

 भदौ २८, २०७८

कोहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम गाभरमा बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । बाघको आक्रमणमा परी भारतीय नागरिकको मृत्यु भएको छ । स्थानियहरुका अनुसार राजमार्गको छेउबाटै बाघले मान्छेलाई झम्टेर लगेको थियो । उनको शव आज बिहान फेला परेको हो ।

सुस्त मनस्थितीका ति भारतीय नागरिकले स्थानिय होटलमा काम गरेर जीवन निर्वाह गर्दै आएका थिए । बाँके निकुन्जको गाभरमा बाघ देखेपछि बाँके राष्ट्रिय निकुञ्जले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया