एमालेकाे अवराेधका विच बजेट पास गर्ने तयारी

 भदौ २९, २०७८

काठमाण्डाै । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । एमालेले अवरोध गरे पनि विधेयक पास गर्ने सत्तारुढ दलको तयारी छ ।

एमालेको अवरोधकैबीच सरकारले प्रतिस्थापन विधेयकमार्फत गएको शुक्रवार नयाँ बजेट ल्याएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रतिनिधि सभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । संसदको अवरोध हटाउन हिजो सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो पार्टीले उठाएको माग सम्बोधन नहुँदासम्म सर्वदलीय बैठकमा सहभागी नहुने अडान राख्नुभएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले असन्तुष्ट छ । यस्तै आजको बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शमशेर जबराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया