दाङमा २४ संक्रमित थपिए

 भदौ २९, २०७८


तुलसीपुर ।
दाङमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ४० जनाको पिसिआर परिक्षण गर्दा १५ जना र बिभिन्न स्थानमा ६७ जनाको एन्टिजेन परिक्षण गर्दा ९ जना गरि १२ जना पुरुष र १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा घोराहीका ११, तुलसीपुरका ९ लमहिका २ र राप्तीका २ जना रहेका छन् । यसैविच आज थप ३ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा घोराहीका २ र तुलसीपुरका एक जना रहेका छन् । दाङमा अहिले कोरोनाका सकृय बिरामीको संख्या ६९ रहेको छ । ति मध्य ५५ जना घरमा, ८ जना आईसियूमा र ६ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

तपाईंको प्रतिक्रिया