दाङका दुई पत्रकार पुरस्कृत हुदै

 भदौ ३०, २०७८

तुलसीपुर । प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । पुरस्कार लगायत विभिन्न विषयमा छलफल गर्न काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले तीन दर्जन बढि पत्रकार लाई पुस्कृत गर्ने निर्णय गरेको । जस अनुसार दाङबाट दुई जना पत्रकार र एउटा पत्रिका पुरस्कृत हुन लागेको काउन्सिलले आज एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्लामा लामो समय देखि पत्रकारीतामा क्रियासिल रहेका पत्रकारलाई पुरस्कृत गर्न लागेको हो । पुरस्कृत हुने पत्रकारमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी,पत्रकार देवेन्द्र बस्नेत रहनुभएको छ । केसी प्रेस काउन्सील सशक्त संचारकर्मि पुरस्कारबाट पुरस्कृत हुन लाग्नुभएको हो । उहा कान्तीपुर दैनिकको उप सम्पादक समेत हुनुहुन्छ ।

त्यसैगरी बस्नेत प्रेस काउन्सील युवा पत्रकारीता पुरस्कार बाट पुरस्कृत हुन लाग्नुभएको हो । उहा रेडियो स्वर्गद्धारी सगैं नागरीक दैनिकमा कार्यरत हुनुहुन्छ । यस्तै,खनाल प्रेस काउन्सील साहित्यक पत्रकारीता पुरस्कारबाट अन्र्तध्वनी साहित्यीक त्रैमासिक पत्रिका पुरस्कृत हुन लागेको हो । दाङबाट प्रकाशित पत्रिकाको सम्पादक पुरुषोत्तम खनाल हुनुहुन्छ ।

तपाईंको प्रतिक्रिया