तुलसीपुरमा सामुदायिक वन अधिकार सम्मेलन हुने

 भदौ ३१, २०७८

तुलसीपुर । दाङको तुलसीपुरमा सामुदायिक वन अधिकार सम्बन्धी सम्मेलन हुने भएको छ । सामुदायिक वनका अधिकारका बिषयमा खवरदारी गर्न सम्मेलन हुन लागेको हो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा असोज ८ गतेदेखि तीनदिनसम्म हुने सामुदायिक वन अधिकार सम्मेलन सफल पार्न बिभिन्न कार्यक्रम तयार पारेको वन उपभोक्ता महासंघ जिल्ला महासंघ दाङका प्रवक्ता हेमराज शमाले जानकारी दिनुभयो ।

बैठकले सम्मेलनमा सामुदायिक वनका उपभोक्तासहित वन अधिकारकर्मी तथा सरोकारवालाहरुका उपस्थिति, कार्यक्रमका ब्यवस्थापन, सवालगत छलफल तथा स्थानीय तहमा देखिएका समस्यालाई सम्मेलनमा प्रस्तुत गरी निष्कर्षमा पुग्ने निर्णय समेत गरेको छ । बैठकले जिल्ला महासंघका कोषध्यक्ष कमलराज पोख्रलको संयाजकत्वमा आर्थिक उपसमिति, जिल्ला सदस्य नवराज शर्माका संयोजकत्वमा सहभागि ब्यवस्थापन उपसमिति, प्रदेश उपाध्यक्ष तिलक भण्डारीको संयोजकत्वमा ब्यवस्थापकिय उपसमिति र सचिव जानका केसीको संयोजकत्वमा अतिथि स्वागत उपसमिति गठन गरेको छ ।

करिव ५ हजार जनाको सहभागितामा सम्पन्न गरिने सामुदायिक वन अधिकार सम्मेलमा संंगठनको सुदृणीकरण सहित संरक्षण क्षेत्र बिस्तार, दीगो वन ब्यवस्थापन कार्यान्वयनको अवस्था, संघ, प्रदेश र स्थानीय सरकारल तयार पारेका सामुदायिक वनका ऐन, सरकारको नीति तथा कार्यक्रमका लगायतका सवालमा छलफल गरिने बैठकपछि सामुदायिक वन उपभोक्ता महासंघ नेपालका सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया