दाङ सहित ३९ स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा

 असोज ०१, २०७८

तुलसीपुर । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । सुपथ मूल्य पसलमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचना अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म कम पर्नेछ ।

दाङ सहित देशभरका ३९ स्थानमा सञ्चालन हुने सुपथ मूल्य पसलबाट बिक्री हुने मोटारमसिनो चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, सीमीरफापर र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ भने नुनमा २ रुपैयाँ छुट गरिनेछ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन् ।

तपाईंको प्रतिक्रिया