नेकपा एसको लुम्बिनी प्रदेश अध्यक्षमा मेटमणि तोकिए

 असोज ०१, २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी मेटमणि चौधरीले पाएका छन् । केन्द्रीय सचिवालयले प्रदेश कमिटीहरलाई सुझाव दिन दिएको निर्देशन अनुसार चौधरीको नाम अध्यक्षमा सिफारिस भएको हो ।

त्यस्तै राजु गुरुङ सचिवका लागि सिफारिस भएका छन् । नेकपा एसले प्रदेश कमिटी इन्चार्ज भने यसअघि नै तोकिसकेको छ । लुम्बिनीमा भागवत विश्वासीले इन्चार्जको भूमिका पाएका छन् । बाँकी पदाधिकारी भने पछि टुंग्याइने भएको छ ।

तपाईंको प्रतिक्रिया