प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउमा भिडियाे एक्सरे सेवा सुरु

 असोज ०१, २०७८


दिप्तिशिखा चाैधरी, दङ्गिशरण । दङ्गिशरण गाउँपालिका ६ मा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र श्रिगाउँमा भिडियाे एक्सरे सेवाकाे उद्घाटन गरिएको छ । आज शुक्रबार एक कार्यक्रमका बिच दङ्गिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीले उक्त सेवाकाे उद्घाटन गर्नुभएको हाे । अध्यक्ष चाैधरीले रिवन काटेर भिडियाे एक्सरे सेवाकाे उद्घाटन गर्नुभएको हाे । पहिलाे पटक पश्चिम क्षेत्रमा भिडियो एक्सरे सेवा पुगेपछि दुर दराजका नागरिकहरुलाइ सहज हुने भएको छ ।

अति विपन्न वर्ग तथा विकट वस्तिका नागरिकहरुलाइ समयमा नजिकै सेवा दिने लक्ष्य सहित स्वास्थ्य केन्द्र श्रिगाउँले साे सेवाकाे सुरुवात गरेको हाे । यसले गर्दा टाढा जानू पर्ने बाध्यता अन्त्य हुने आशा लिइएको छ । उद्घाटन कार्यक्रम स्वास्थ्य केन्द्र सञ्चालन ब्यवस्थापन समितिका अध्यक्ष एंव वडा न.६ का वडा अध्यक्ष टंक बहादुर वलीकाे अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीकाे प्रमुख आतिथ्यता तथा गाउँपालिका प्रवक्ता एंव वडा न. ७ का वडा अध्यक्ष वीर बहादुर वलीकाे विशिष्ट आतिथ्यतामा भएको हाे । अब देखि स्वास्थ्य केन्द्र श्रिगाउँ स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा स्वास्थ्य केन्द्रका डा. कृष्ण घर्ती र डा.बुद्धि कुमारी बुढा मगर बाट लिन सकिनेछ । लामाे समयपछि स्वास्थ्य केन्द्रमा भिडियाे एक्सरे सेवा ल्याउन सफल भएको श्रिगाउँ स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट दाेर्ण वलीले बताउनुभयाे ।।

तपाईंको प्रतिक्रिया