आमा बनिन् प्रियंका कार्की

 असोज ०६, २०७८

काठमाडौं । नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । उनले छोरीसहितको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् । सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशुको तस्विर पोस्ट गरेका छन् । उनले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरेकी छिन् ।

गर्भवती भएपछि प्रियंकाले आफ्नो गर्भावस्थालाई लिएर सामाजिक संजालमा बेबी बम्प, बेबी सावर लगायतका तस्विर सार्वजनिक गरेकी थिइन् ।

तपाईंको प्रतिक्रिया