इजराईल जानकालागि सरकारले १६ सय नेपालीको नामसिफारिस

 असोज १०, २०७८

काठमाडौं । रोजगारीकालागि इजरायलजान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामापास भएका१हजार ६ सय जनाको नाम सरकारले सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले भाषा परीक्षापास भएर अन्र्तवार्तामा सहभागीहरुमध्ये १हजार ६ सय जनाको नामआजसार्वजनिक गरेको हो । जसमा ११ सय २० जनामहिला र ४ सय ८० जनापुरुष रहेका छन् । इजरायलले नेपालीकामदार लैजाने कोटा भने १ हजार ४ सय छ ।१६ सयमध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ ।

छनोटमा परेकाव्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि मात्रै उनीहरु इजरायलजानपाउने बैदेशिक रोजगार विभागका महानिर्देशकदिपक काफ्लेले बताउनु भयो । रोजगारीका लागि इजराईल जान ईच्छुक ९ हजारले आवेदन दिएका थिएजस मा २ हजार बढी आवेदन मापदण्ड नपुगेकाले अस्वीकृत भएका थिए । लिखित परीक्षामा ६ हजार ३ सय १७जना सहभागी भएकोमा २ हजार ३९ जना अन्तरवार्ताका लागिउत्तीर्ण भएका थिए। अन्तवार्ता पछि १६ सय जनाश्रमिक छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाइएको हो । अब इजरायलले यही सूचिबाट एक हजार जनाश्रमिक केयर गिभरको लागि लैजाने छ ।

तपाईंको प्रतिक्रिया