तुलसीपुरका बिद्यालयमा दशैं विदा कटौती, टिकाकाे पर्सिपल्ट विद्यालय खुल्ने

 असोज १८, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले दशै विदा बारे सुचना निकालेकाे छ । नगर शिक्षा समितिकाे साेमबार बसेकाे बैठककाे निर्णय अनुसार सामुदायिक तथा निजि विद्यालयमाा घटस्थापना दिन असाेज २१ देखि असाेज ३० सम्म विदा दिईएकाे छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत धनराज गाैतमद्वारा हस्ताक्षरित सुचनामा असाेज ३१ गतेदेखि भने पठनपाठन सञ्चालन गर्न निर्देशन दिईएकाे छ ।

यश अघि तिहार पछि मात्रै बिद्यालय खुल्ने गरेका थिए । तर यश बर्ष काेराेना महामारीका कारण ढिला गरि शैक्षिकसत्र सुरु भएपछि दशैपछि पनि बिद्यालय खुल्ने भएका हुन । यद्यपि दशै नसकिदै विद्यालय खुल्ने निर्णयकाे भने सामाजिक सञ्जालमा अालाेचना हुन थालेकाे छ ।

तपाईंको प्रतिक्रिया