तुलसीपुरको प्रमुख प्रशासकिय अधिकृतमा पौडेल

 असोज २०, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत आउनु भएकोछ । रोल्पा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरेका मोहन पौडेल आज हाजिर हुनु भएको सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए । दाङको बिजौरी निवासी पौडेल उप सचिव हुन ।

यस अघि लामो समय देखी निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरेका भाष्करराज गौतमको अवकाश पछि अहिले कृषि शाखा प्रमुख धनराज गौतमले निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

तपाईंको प्रतिक्रिया