मोतीपुर-सरुवाडाडा जोड्ने झोलुङ्गे पुलको शिलान्यास

 असोज २१, २०७८


अंकित खनाल, तुलसीपुर । मोतीपुर-दंगीशरण जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालीका वडा न ११ को मोतीपुर र दंगिशरण गाउँ पालिकाको वडा न २ सरुवाडाडा जोड्न बबई नदिमा बन्न लागेको झोलुङ्गे पुलको राष्टिय सभा सदस्य कोमल ओलीले शिलान्यास गरेकि हुन । त्यस अवसरमा बोल्दै ओलीले नागरीकका आवस्यकता पुरा गर्न आफुले गरेको अथक प्रयासले आज पुलको शिलान्याश भएको बताएकि थिईन । समाजसेवी तिलक बहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष चित्र बहादुर वली, एमालेका नेताहरु लोकजग शाह, एमएन शाह,कांग्रेसका बालकृष्ण लामिछाने लगायतले बोलेका थिए ।

४ सय ५५ मिटर लामो पुल १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने भएपनि त्यस अगावै सक्ने निर्माण ब्यवसायी लोक बहादुर बस्नेतले बताएका थिए । उक्त कार्यक्रमको सहजिकरण एमालेका युवा नेता मान बहादुर रावतलले गरेका थिए । पुल निर्माण हुने भएपछि स्थानियहरु खुसी भएका छन । नदिमा पुल नहुदा बर्षायामको समयमा आवत जावत रोकिने गरेको छ । सघिंय सरकार बाट बिनियोजित उक्त झोलुङ्गे पुलको लागत ३ करोड ५५ लाख रहेको छ ।

तपाईंको प्रतिक्रिया