डब्ल्युएचओको चेतावनी : कोरोना महामारी अझै रहन्छ

 कार्तिक ०४, २०७८

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना महामारी अझै एक वर्ष सजिलै लम्बिने चेतावनी दिएको छ। गरिब देशहरूमा कोरोनाविरुद्धको खोपको असमान वितरणका कारण कोरोना महामारी सन् २०२२ सम्म सजिलै तानिने डब्ल्युएचओको चेतावनी छ ।

डब्ल्युएचओका एक वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी सन् २०२२ सम्म लम्बिने बताए। डब्ल्युएचओको तथ्यांकअनुसार अफ्रिकी देशमा हालसम्म ५ प्रतिशतभन्दा कम मानिसले मात्रै कोरोनाविरुद्धको खोप प्राप्त गरेका छन् ।

जबकि अन्य देशमा कम्तीमा ४० प्रतिशले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । डा. आयलवार्डले धनी देशहरूले गरिब देशहरुका लागि पनि उत्तिकै प्राथमिकतामा राखेर खोप सहयोगका लागि तत्परता देखाउनुपर्ने बताए ।

उनले खोप कम्पनीहरूसँग धनी देशहरूले गरिब देशका लागि खोप उत्पादनका लागि अर्डर गर्ने र भण्डार गर्ने कुरामा नेतृत्व गर्नुपर्ने सुझाव दिए । विश्वभरका सबै मानिसले खोप प्राप्त नगरेसम्म कोरोना महामारी अन्त्य नहुने डब्ल्युएचओको चेतावनी छ ।

तपाईंको प्रतिक्रिया