बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १११ पुग्यो

 कार्तिक ०५, २०७८

काठमाडौं । आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

साथै १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएका छन् । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८६ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ८८ वटा घर परिवार विस्थापित भएको पनि प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया