तुलसीपुरमा यी स्थानमा हुदैछ, एमालेको वडा अधिबेशन

 कार्तिक ०५, २०७८

तुलसीपुर । तुलसीपुरमा नेकपा एमालेको वडा अधिवेसनको सम्पूर्ण तयारी पुरा भएको छ । जस अन्तर्गत वडा नं १ मा वडा कार्यालय नजिकै, २ मा जनप्रिय बोर्डिङ स्कुल बालापुर, ३ मा कुट्टी सभाहल, ४ को लामीदमार, ५ मा अरनीको मैदान, ६ मा पार्टी कार्यालय, ७ मा मावि कालाखोला, ८ मा कृष्णमन्दिर,९ मा थर्कुडाँडा शिवमन्दिरमा आयोजना गरिएको नगर अध्यक्ष केशव सापकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नं १० मा वडा कार्यालयको दक्षिण तर्फ, ११ मा कटाह स्कुल, १२ मा हरीपौरी स्कुल, १३ मा मावि रनियापुर, १४ भोजपुर उमाभक्तको घरमा , १५ पहेलपार स्कुल, १६ मा फर्साराम देवकोटा स्मृति प्रतिष्ठान भवन, १७ को बेलझुण्डी रंगशाला, १८ को बिजौरी स्कुल र १९ मा कुटेचौर स्कुलमा वडा अधिवेसनको आयोजना गरिएको छ ।

वडा अधिवसेनलाई एमालेका नेता तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया