भीमबहादुर हत्या: दाङमा प्रदर्शन

 कार्तिक ०६, २०७८

दाङ । चितवन भरतपुर महानगरपालिका ४ का भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको विषयलाई लिएर दलित समुदाय यतिबेला आन्दोलित बनेका छन् । यसैक्रममा दाङमा पनि घटनाको विरोध गर्दै प्रदर्शन गरिएको छ । संयुक्त दलित युवा अभियान दाङ र दलित नागरिक समाजले विरोध प्रदर्शन गरेका हुन ।

चितवनको दुर्गा मन्दिरमा पुजाका विषयमा भीम बहादुर विश्वकर्माको हत्या भएको विरोधमा शुक्रबार तुलसीपुरको विपि चोकमा विरोध प्रर्दशन गरिएको हो । संयुक्त दलित युवा अभियान दाङका संयोजक खेमराज बिकको अध्यक्षतामा भएको विरोध प्रर्दशनमा जातीय विभेद तथा छुवाछुतको अन्त्य गर, धर्मको नाम गरिने विभेदको अन्त्य गर, भीम बहादुरलाई दे, जस्ता नारा लेखिएका प्ले कार्ड सहित प्रर्दशनमा उत्रिएका थिए ।

कार्यक्रममा दलित नागरिक समाजका संयोजक छवि परियार, दलित सेवा संघकि काबा अध्यक्ष लिला बिक, दलित अधिकारकर्मी राधिका परियार, परियार सेवा समाज दाङका अध्यक्ष केशव परियार, मुक्ति समाज दाङका उपाध्यक्ष सुन्दर बिस्वकर्मा, संयुक्त दलित युवा अभियानका सह संयोजक शेर बहादुर परियारले दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै भीम बहादुरलाई शहीद घोषणाको माग गरेका थिए ।

दलित नागरिक समाजकी कोषाध्यक्ष निर्मला गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रको सञ्चालन अभियानका सचिव उमेश परियारले गरेका थिए ।

तपाईंको प्रतिक्रिया