दाङमा ५८ हजार बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाईने

 कार्तिक ०६, २०७८

दाङ । दाङमा ५८ हजार बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईने भएको छ । भोली र पर्सि राष्ट्रिय अभियानकै रूपमा भिटामिन र जुकाको औषधी खुवाउन लागिएको कार्यक्रममा जिल्लामा ५८ हजार ३८ जना बालबालिकालाई सहभागी गराउने लक्ष्य राखिएको हो ।

स्वास्थ्य कार्यालय दाङका अनुसार ६ महिनादेखि ५ बर्षसम्मका ५८ हजार ३८ जना बालबालिका भिटामिन ए र ५१ हजार ७१ जना १ बर्षदेखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य छ ।

जिल्लाभर ९ सय ३१ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरूले भिटामिन ए र जुकाको औषधी खुवाउने छन् । महिला स्वास्थ्य स्वयम्सेविकाहरूले टोल–टोलमा केन्द्र बनाएर औषधी खुवाउने कार्यक्रम छ ।

तपाईंको प्रतिक्रिया